काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएको पनि जानकारी दिएको छ । अघिल्लो आवको मुनाफाबाट गत वर्ष कम्पनीले आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र १ दशलमव १५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।