काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ५ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्ष नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारणतर्फबाट ३ जना सञ्चालहरुको निर्वाचन समेत गर्नेछ ।
साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विषयमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । लाभांश प्रस्ताव पनि कम्पनीले गरेको छैन् । यो साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।