काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका आठजना संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वको कुल ५२ हजार २४९ कित्ता शेयर एकैपटक विक्री गर्ने भएका छन् ।
यसरी शेयर बेच्नेमा शेयरधनी गोमा देवी चुडाल, लक्ष्मी प्रसाद सिटौला, बलभद्र अधिकारी, रुपमाया गुरुङ्ग, लक्ष्मण पाण्डे, डिब बहादुर पाण्डे, गणेशमान मुखिया र वेद बहादुर थापा छन् ।
यो शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई विक्री गरिने कम्पनीले जनाएको छ ।