काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा शनिवार विजयादशमीका दिन पाःयाः जात्रा पर्व मनाइएको छ । असत्यमाथि सत्यको विजयको प्रतिकको रूपमा खड्ग जात्रा पर्व मनाउने गरिन्छ ।
'पाः'को अर्थ काट्ने (खड्ग) र 'याः' को अर्थ यात्रा भन्ने हुन्छ । विजयादशमीका दिन काठमाडौंमा टेःबहाल र बटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, यट्खाबाट कंकेश्वरी, महाबौद्ध, किलागल र तलेजु भवानीलगायतका पीठबाट खड्गजात्रा निकालिएको छ ।
विजयादशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्किछन् । खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसुरी प्रवृत्तिको प्रतीक 'कुभिण्डो'लाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान