काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ प्रतिशत घटेको हो ।
गत आवमा कम्पनीले रू. १५ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा १ करोड ९९ लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा प्रभावित भएको हो । त्यस्तै कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेकाले सञ्चालन नाफा घटेकाले पनि नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव ७१ प्रतिशत पुगेको छ ।
गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. १२ करोड २४ लाख रहेकोमा चालू आवमा बढेर रू. १७ करोड ९२ लाख पुगेको हो । इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा ८६ दशमलव ९५ प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ५७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २० करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ३१ करोड ५७ लाख पुगेको हो । नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ३१ रहेकोमा चालू आवमा घटेर रू. २ दशमलव ११ मा झरेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ९४ करोड ६१ लाख रहेको छ । कम्पनीले जगेडामा रू. ५५ करोड ८३ लाख , रिटेन्ड अर्निङमा रू. १० करोड १४ लाख र शेयर प्रिमियममा रू. २४ लाख ७५ हजार सञ्चित गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.