काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९२ दशमलव २९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ९ करोड ९९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ७७ लाख ७ हजारमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकोले नाफा घटेको हो ।
गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ९७ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ९ दशमलव ८४ प्रतिशत पुगेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १०९ रूपैयाँ ५२ पैसा रहेकोमा चालू आवमा घटेर ३ रूपैयाँ ८५ पैसा (वार्षिक) मा झरेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ११ दशमलव ३९ प्रतिशत बढेको छ । गत आवमा कम्पनीले रू. १५ करोड ७७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १७ करोड ५७ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६४ लाख रहेको छ । कम्पनीले जगेडामा रू. २४ करोड ६७ लाख र रिटेन्ड अर्निङमा रू. ६ करोड २४ लाख सञ्चित गरेको छ । कम्पनीको तरलता अनुपात ११ दशमलव ६६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २१६ दशमलव शून्य ३ रहेको छ ।