काठमाडौं । काठमाडौैं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारको काम फेरी शुरू गरेको छ ।
महानगरले फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै कालोपत्र गरिएको भाग काट्न थालेपछि सडक विभाग र महानागर बिच सडको क्षेत्राधिकारको विवाद चर्किएको थियो । महानगरले भत्काएको स्थानमा विभागले पून: कालोपत्र गरेपछि यो विवाद अदालतसम्म पुगेको थियो ।
अदालतको आदेश अनुसार भन्दै काठमाडौं महानगरपालिकाले पुन: कालोपत्र भत्काउने र फुटपाथ विस्तारको काम थालेको छ ।
तस्वीर सवै: सुनिल शर्मा/आर्थिक अभियान