काठमाडौं । न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् कार्यक्रमअन्तर्गत प्यानल डिस्कसन शुरु भएको छ ।
‘ड्राइभिङ ग्रोथ थ्रु रिफर्म’ थिममा भइरहेको प्यानल छलफलमा संघीय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बोर कायुमोभ, श्रीनगर एग्रो ग्रूप अफ कम्पनीका कार्यकारी निर्देशक मौसमी श्रेष्ठ, प्रविधि उद्यमी तथा लिपफ्रग टेक्नोलोजीका संस्थापक बालकृष्ण जोशी रहनेछन् । प्यानल छलफलको सहजीकरण अधिवक्ता सेमन्त दाहालले गर्नेछन् ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा भइरहेको उक्त कार्यक्रमको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दमोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नयाँ बिजनेस एजका अध्यक्ष लम्सालले संयुक्त रूपमा गरेका थिए । न्यू बिजनेश एजले यो कार्यक्रम सन् २०१३ देखि निरन्तर आयोजना आएको छ ।
यो कार्यक्रमको नवौं संस्करणमा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० विधामा अवार्ड वितरण हुने आयोजक न्यू बिजनेश एज लिमिटेडले बताएको छ । व्यावसायिक क्षेत्रमा लामो समय योगदान पुर्याउने व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
यसबाहेक वर्षभरिमा विभिन्न क्षेत्रमा उत्कृष्ट व्यावसायिक प्रदर्शन गरेबापत ‘बेस्ट म्यानेज्ड कम्पनी’, ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक’, ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’, ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी’, ‘बेस्ट बैंक इन डिजिटल फाइनान्सियल सर्भिसेज’, ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’, ‘बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’, ‘बेस्ट म्यानेज्ड आईटी कम्पनी’ र ‘स्पेशल रिकग्निसन फर पब्लिक इन्टरप्राइजेज’ विधामा अवार्ड वितरण हुने आयोजकले बताएको छ ।
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलहरूले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्तिको छनोट गरेको आयोजकले जानकारी दिएको छ । मूल्यांकनको मापदण्ड र विधि निर्णायक मण्डलले नै तयार पारेको थियो ।
उक्त कार्यक्रमलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीलगायतले सम्बोधन गर्नेछन् । कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले ‘कि नोट स्पिकर’ को रूपमा आफ्नो प्रस्तुति दिने तयारी छ ।
एशियन पेन्ट्स यो कार्यक्रमको टाइटल स्पोन्सर रहेको छ । यसका अतिरिक्त कार्यक्रम प्रायोजकहरूमा कर्भ इभी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईएमबी एस क्यापिटल, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, एनएलजी इन्स्योरेन्स कम्पनी, एस्युरेन्स इन्कर्पोरेशन, ग्रिन भ्याली रिसोर्ट, फोन पे, नेपाल एयरलाइन्स, किङ्स कलेज, सुबिसु केबलनेट लिमिटेड र गोदावरी स्टील्स रहेका छन् । कार्यक्रमको व्यवस्थापन भोग एड एन्ड इभेन्ट म्यानेजमेन्टले गर्दै छ ।
विगतमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको न्यू बिजनेश एजले गत वैशाखमा न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् कार्यक्रम आयोजना गरेको थियो ।