काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा मागभन्दा ११ दशमलव ३४ गुणा बढी आवेदन परेको छ ।
सिडिएस क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार १०ः०७ बजेसम्ममा १३ लाख ७६ हजार २७५ जना आवेदकले १ करोड ६७ लाख ४३ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले फागुन २७ गतेदेखि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको हो । यो आईपीओमा आवेदकले आइतवार (चैत ३ गते)सम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस आईपीओमा आवेदकले मेरो शेयर एपमार्फत सजिल्यै आवेदन दिन सक्नेछन् ।