काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ ।
कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष ०७५/७६ को नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई यस्तो आग्रह गरेको हो ।
उक्त वर्ष कम्पनीले करसमेत २२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आगामी एक महीनाभित्र कम्पनीको केन्द्रीय कार्यालय बानेश्वर, काठमाडौंमा सम्पर्क राखी आफ्नो नगद लाभांश बुझिलिन कम्पनीले भनेको हो ।
तोकिएको अवधिभित्र भुक्तानी नलिएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।