काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ प्रतिशत बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले उक्त बोनस शेयर गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । पारित भएको डेढ महीनामा कम्पनीले बोनस शेयरबापतको २ लाख ९९ हजार ५४८ दशमलव ३६ कित्ता शेयर सूचीकृत भएको हो ।
बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
कम्पनीले यस वर्ष ५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसर्थ शेयरधनीहरूले बोनस शेयरमा लाग्ने कर तिर्नुपर्ने छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २३ गतेसम्म कम्पनीको शेयर कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।