काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ र खुद नाफा माघ मसान्तको तुलनामा फागुन मसान्तमा वृद्धि भएको छ ।
माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ६२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ९० पैसा पुगेको हो । त्यस्तै फण्डले माघ मसान्तमा रू. १० करोड ३१ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. १२ करोड १२ लाख पुगेको छ । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
माघ मसान्तमा फण्डको कुल आम्दानी रू. ११ करोड १५ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. १३ करोड ७ लाख पुगेको छ ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । मााघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ६४ करोड ५४ लाख लगानी गरेकोमा फागुन महीनामा बढाएर रू. ६६ करोड ३७ लाख पुर्याएको छ ।