काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म ९६ लाख ८६ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष २ करोड ७३ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ९० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
कम्पनीको आम्दानी यस वर्ष घटेको छ । गत वर्ष ७ करोड ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ८५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २३ करोड ७३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
कम्पनीले लिएको कर्जा तथा सापटी १ अर्ब २० करोड २६ लाख रुपैयाँभन्दा बढी छ । यो रकम गत वर्षको यस अवधिसम्म १ अर्ब २६ करोड २३ लाख रुपैयाँभन्दा बढी थियो । प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७० रुपैयाँ ३३ पैसा छ । शिर्षक सच्याएको