काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको कुमारी बैंक र प्राइम कमर्सियल बैंकको करिब ६ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता र प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता संस्थापक शेयर पुस ६ गतेसम्मका लागि विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको थापाथली, काठमाडौंमा रहेको कार्यालयमा पेश गर्नुपर्नेछ । कुमारी बैंकको शेयरमूल्य प्रतिकित्ता ११० रूपैयाँ र प्राइम कमर्सियल बैंकको शेयरमूल्य प्रतिकित्ता १२० रूपैयाँ तोकिएको छ ।
कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम ५० हजार कित्ता र प्राइम कमर्सियल बैंकको शेयर खरीदका लागि न्यूनतम १० हजार कित्ता शेयर खरीद माग गर्न सकिने व्यवस्था छ । अधिकतम कित्ताको लागि भने सीमा तोकिएको छैन् ।