चैत २२, काठमाडौं (अस) । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले धनगढीमा शाखा सञ्चालन गरेको छ । धनगढीमा शुक्रवार आयोजित एक कार्यक्रमबीच कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले शाखाको उद्घाटन गरेका हुन् । धनगढी शाखा स्थापनापछि कम्पनीको १३ शाखा पुगेको छ । कम्पनीले निकट भविष्यमै मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङ्जा तथा गुल्मीमा कृषि शाखा तथा सिराहाको लाहानमा उपशाखा स्थापना गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.