काठमाडौं । नेपाली बजारमा बिहीबारको लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत कारोबार दिन अर्थात बुधवार प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
आजका लागि चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
आज अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । गोल्ड प्राइस डट कमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ९२१ दशमलव ११ अमेरिकी डलर पुगेको छ । यो मुल्य गत कारोबार दिनको अन्तिम कारोबार मूल्य भन्दा १ दशमलव ६२ अमेरिकी डलरले बढी हो ।
अन्तरराष्ट्रिय बजारमा पछिल्लो १ वर्षमा सुनको मूल्य प्रतिऔंस ७५७ दशमलव ७८ अमेरिकी डलरले बढेको छ भने पछिल्लो १ महिनामा मात्रै प्रतिऔंस ४९ दशमलव ४६ अमेरिकी डलरले बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १३८ नेपाली रुपैयाँ ८४ पैसा र विक्रीदर १३९ नेपाली रुपैयाँ ४४ पैसा रहेको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र विक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र विक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपैयाँ ११ पैसा र विक्रीदर १७८ रुपैयाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र विक्रीदर १५६ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र विक्रीदर ८७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र विक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र विक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ २९ पैसा र विक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १२ पैसा र विक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ दुई पैसा र विक्रीदर ३७ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ नौ पैसा र विक्रीदर ३८ रुपैयाँ २६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र विक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र विक्रीदर ३७ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र विक्रीदर ३१ रुपैयाँ ४८ पैसा, साउथकोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र विक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्विडिसक्रोनर एकको खरिददर १३ रुपैयाँ ४५ पैसा र विक्रीदर १३ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र विक्रीदर १९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र विक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेतीदिनार एकको खरिददर ४४९ रुपैयाँ ९६ पैसा र विक्रीदर ४५१ रुपैयाँ ९१ पैसा, बहराइनदिनार एकको खरिददर ३६८ रुपैयाँ ३० पैसा र विक्रीदर ३६९ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुयैयाँ ६४ पैसा र विक्रीदर ३६२ रुपैयाँ २० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।