काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले निजी तथा आवासीय विद्यालयहरूको संस्था (प्याब्सन)मा डिजिटल बैंकिङ सेवाको शुरुआत गरेको छ । काठमाडौंमा हुन लागेको ‘दोस्रो अन्तरराष्ट्रिय शिक्षा सम्मेलन’को अवसरमा सेवाको शुरुआत गरिएको बताइएको छ । सो कार्यक्रमका लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ । यो व्यवस्थापछि भुक्तानी गर्दा नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे बैंकको भनाइ छ । साथै डिजिटल प्रणालीवाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.