काठमाडौं । काठमाडौंको ठूलो मध्येको एक जात्रा इन्द्रजात्रा शुरू भएको छ । काठमाडौँ उपत्यकामा नेवार समुदायले विशेष रुपमा मनाउने पर्व इन्द्रजात्रा आइतबारदेखि विधिवत रुपमा शुरू भएको हो ।
गुर्जु पल्टनले भक्तपुरको नालाबाट ल्याएको ३२ फिट अग्लो लिङ्गो आइतवार भदौ ३० गते बिहान ८:२७ को शुभ साइतमा विधिवत लिङ्गो ठड्याएपछि राजधानीमा ८ दिने जात्रा पर्व शुरू भएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको इन्द्रजात्रामा वर्षा र महाकालका देवता देवराज इन्द्रको पूजा आराधनाका साथै यात्राभरि विभिन्न नाचहरू तथा कुमारी, गणेश र भैरवको रथ जात्रा पनि गरिन्छ । आठौँ दिन लिङ्गो ढालेपछि जात्रा समाप्त भएको मानिन्छ ।
तस्वीर : सुनिल शर्मा र आर्थिक अभियान