logo
राष्ट्र बैंकको निर्देशनबमोजिम धौलागिरी लघुवित्तको लाभांश वितरणमा रोक
राष्ट्र बैंकको निर्देशनबमोजिम धौलागिरी लघुवित्तको लाभांश वितरणमा रोक

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांशमा रोक लागेको छ ।

कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १३ करोड ३१ लाख १ लाख रुपैयाँको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश पारितका लागि राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गरेकोमा राष्ट्र बैंकको निर्देशनमा कम्पनीको पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पेस गर्न ढिलोमा चैत मसान्तसम्मको अवधि थप गर्नसमेत सम्बन्धित सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.