काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटलाई नियुक्त गरेको छ । अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका कार्यहरू प्रभु क्यापिटलबाट हुनेछन् ।
कम्पनीले केही समयअगाडि आईपीओ बाँडफाँट गरेको थियो । अब आवश्यक प्रक्रिया पूरा गरेपछि कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आईपीओ जेठ ३० गते बाँडफाँट गरिएको थियो, जसमा ६४ हजार ३६६ जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए । तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १–१ कित्ता शेयर पाएका छन् ।