काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । शुक्रवार बसेको कम्पनी सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले पुस २८ गते साधारण सभा पनि बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ४२ दशमलव १० प्रतिशत लाभांश वितरण गरेको थियो ।