काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । चैत ४ गते कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा अधिकतम ७५ रुपैयाँ बोनस वितरण गर्ने जानकारी दिएको हो । कम्पनीले वितरण गर्ने अधिकतम बोनस दर रिलायबल सावधिक जीवन बीमालेखमा रहेको छ ।
२० वा सोभन्दा बढी अवधिको लागि यस बीमालेखमा कम्पनीले अधिकतम ७५ रुपैयाँ बोनस दिने भएको छ । यसै बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ६२ रुपैयाँ बोनस दर निर्धारण भएको छ ।
त्यस्तै कम्पनीले जारी गरेको रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ४१ रुपैयाँसम्मको बोनस दर कम्पनीले तय गरेको छ । रिलायबल सजिलो जीवनी बीमा (एकल तथा सीमित अवधि भुक्तानी) का लागि न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २६ रुपैयाँ, लघु सावधिक जीवन बीमा (बीमा समिति ) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा न्यूनतम ३१ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ५० देखि अधिकतम ५५ रुपैयाँ , रिलायबल समुन्नति जीवन बीमा योजनामा न्यूनतम २१ रुपैयाँदेखि २३ रुपैयाँ र रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्यूनतम ६० देखि अधिकतम ६५ रुपैयाँसम्मको बोनस दर कम्पनीले निर्धारण गरेको छ ।
उल्लेखित अवधिका लागि तय भएको उक्त बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालू बीमालेखमा समेत लागू हुने जानकारी कम्पनीले दिएको छ । यो बोनस दर कम्पनीले अर्को सूचना जारी नगरेसम्म लागू हुनेछ ।