काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ ।
कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्य शेयर कारोबार फुकुवा गरिएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएकोथियो । सोही अनुसार कम्पनीले नेप्सेमा निवेदन दिएसँगै भोलि बिहीवारदेखि काराबोरमा आउनेछ ।
यस रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच एक-आपसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर भएसँगै असार २९ गतेदेखि शेयर कारोबार रोक्का थियो । यस आधारमा कम्पनीको शेयर पाँच महीनापछि शेयरधनीले कारोबार गर्न पाउने भएका छन् ।