काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय भएको नेप्सेमार्फत जानकारी दिएको छ ।
कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने तयारीमा रहेका छन् ।