काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायन्स फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६ लाख ८४ हजार ४५४ दशलमव ११ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ ।
कम्पनीले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशलमव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।