logo
रिलायन्स फाइनान्सको साधारण सभा सम्पन्न, अध्यक्षमा कुश प्रसाद मल्ली
रिलायन्स फाइनान्सको साधारण सभा सम्पन्न, अध्यक्षमा कुश प्रसाद मल्ली
१ श्रावण २०८०

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांशलाई अनुमोदन गरेको छ ।

त्यस्तै सभाले सञ्चालकमा संस्थापक समूहबाट कुश प्रसाद मल्ली, सुरकृष्ण वैद्ध, विष्णु मान जोशी र सर्वसाधारण शेयरधनीको तर्फबाट तुलसी प्रसाद बराल, उपेन्द्र बहादुर कार्की र श्वेता कक्षपती निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित सञ्चालकहरूमध्ये कम्पनीको अध्यक्षमा कुश प्रसाद मल्ली चयन भएका छन् । 


 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.