काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा ३६ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
गत वर्ष यस अवधिसम्म ८१ करोड १८ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको वितरणयोग्य नाफा यस वर्ष सुधारिएको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा करिब १० प्रतिशत बढी १ अर्ब १६ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी इम्पेरमेन्ट चार्ज वापत् रकम छुट्याएको कम्पनीले यस वर्ष १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी यो शिर्षकमा रकम छुट््याएकाले खुद नाफा बढ्न पुगेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ११ प्रतिशत छ भने प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५० पैसा छ ।
२४ अर्ब ३४ करोड ६५ लाख १२ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने १७ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।