काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प गएको थियो ।
नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प जाने क्रम जारी छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधैं भूकम्पीय जोखिममा रहेको भूकम्पविद् बताउँछन् । रासस