आयोडिन नूनबारे महत्त्वपूर्ण जानकारी
दुई बालबालिका चिह्न भएको प्याकेटमा राखिएको आयोडिन युक्त नून नै किन प्रयोग गर्ने ?
- गलगाँड (कण्ठरोग) नियन्त्रण गर्न
- मानसिक र बौद्धिक क्षमता विकासको लागि
- लठेब्रोपल नियन्त्रण गर्न
- पुनरुत्पादन क्षमताको वृद्धि गर्न
- बाल मृत्युदर घटाउन
आयोडिन केमा पाइन्छ ?
नेपालको भौगोलिक बनोटका कारण माटो पानीमा आयोडिन पाइँदैन । दुई बालबालिकाको चिह्न भएको प्याकेजमा पाइने नूनमा मात्र आयोडिन पाउन सकिन्छ ।
आयोडिन कसका लागि बढी आवश्यक छ ?
मानिस लगायत पशुपन्छी सबैलाई आयोडिन आवश्यक हुन्छ । खास गरेर गर्भवती महिलाले दैनिक रूपमा आयोडिनको सही मात्रामा प्रयोग गर्दा गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्छ ।
थप जानकारी
- कुनै पनि व्यक्तिले गर्भावस्थादेखि उमेरको अन्तिम क्षणसम्म एक सानो चिया चम्चा बराबर मात्र आयोडिन खानुपर्ने हुन्छ । तर उक्त आयोडिन एकै दिन नखाई प्रत्येक दिन थोरै थोरै जीवनभर खानुपर्ने हुन्छ ।
- बालबालिकाको दिमागको ८० प्रतिशत वृद्धि गर्भावस्थाको १२ हप्तादेखि जन्मेको २ वर्षभित्र हुने हुँदा आयोडिनको कमीले शारीरिक र मानसिक विकासमा क्षति तथा गडबडी ल्याउँछ ।
- नेपाल सरकार, स्वास्थ्य मन्त्रालयद्वारा सही मात्रामा आयोडिन भएको प्रमाणित चिह्न (दुई बालबालिकाको चिह्न) भएको प्याकेजको नून मात्र उपभोग गर्दा स्वास्थ्यलाई आवश्यक अनुपातमा आयोडिन प्राप्त गर्न सकिन्छ ।
- खानामा आयोडिनको उपयुक्त स्रोत नूनमा आयोडिन मिसाइएको प्याकेजको नून नै सरल उपाय हो ।
- ढिके तथा खुला नूनमा आयोडिन मिसाइए तापनि यसलाई भण्डारण गर्दा र बजारमा खुला रूपमा राख्दा यसमा भएको आयोडिन उडेर नाश हुन्छ । प्राय: ढिके नून फोहोर हुने र धोएर खाने चलन भएकाले यसमा भएको आयोडिन पखालिएर नाश हुन्छ ।
- ध्यान दिऔं आयोडिनको कमी भएर शारीरिक वा मानसिक रूपमा विकृति देखा परिसकेपछि त्यसलाई कुनै उपचारबाट हटाउन सम्भव छैन ।
- नून प्याकिङ गरेको २ वर्षभित्र आयोडिन सुरक्षित हुने हुँदा यो अवधिभित्र नून प्रयोग गर्नु उपयुक्त हुन्छ । अत: सही मात्रामा आयोडिन मिसाएको नून प्राप्त गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट उत्पादित दुई बालबालिकाको चिह्न भएको आयो, न्यू शक्ति, तेज एवं भानु (नेपाल सरकारको ढुवानी अनुदान भएको जिल्लामा मात्र) प्याकेट नून मात्र प्रयोग गर्न सुझाइन्छ ।