काठमाडौं। सामसुङ इलेक्ट्रोनिक्सले जुलाई १० मा पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा नयाँ ग्यालेक्सी जेड फोल्ड सिक्स र ग्यालेक्सी जेड फ्लिप सिक्स, ग्यालेक्सी बड्स थ्री र ग्यालेक्सी बड्स थ्री प्रोको घोषणा गरेको छ ।
सामसङले ग्यालेक्सी एआईको शक्तिमार्फत मोबाइल एआईको युगको शुुरुआत गरेको कम्पनीको दाबी छ । ग्यालेक्सी जेड फ्लिपमा फ्लेक्सविन्डो वा आइकोनिक फ्लेक्समोडको अधिकतम उपयोग गर्न सकिने र ग्यालेक्सी जेड फोल्ड सिक्स र फ्लिप सिक्सले एआई क्षमतालाई अधिकतम गर्ने थप अवसर प्राप्त हुने बताइएको छ ।
विश्वसनीय मात्र नभई ग्यालेक्सी जेड सिरिजको हरेक तत्त्व शक्तिशाली भएको बताइएको छ । ग्यालेक्सी जेड फोल्ड सिक्स र फ्लिप सिक्स दुवै ग्यालेक्सीको लागि स्न्यापड्रागन® एट जेन थ्री मोबाइल प्लेटफर्मले सुसज्जित रहेको बताइएको छ ।