काठमाडौं । सोमवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतवारको तुलनामा सोमवार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँ कायम थियो ।
महासंघका अनुसार सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भइरहको छ । आइतवार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जानकारी दिएको छ ।