काठमाडौं । मर्जरमा गएका साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार असार २४ गतेदेखि १५ दिन रोक्का रहने भएको छ ।
यी दुई कम्पनी मर्ज भई ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’को नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै संयुक्त मर्जर समितिले नेप्सेलाई पत्र लेखेको हो ।
यी दुई कम्पनीको मर्जरका लागि नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डले असार ४ गते अन्तिम स्वीकृति दिएका थिए । दुई कम्पनी १००ः८७ शेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् ।
हेर्नुस् सूचना