काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ २५ गते अन्तिम दिन हो । यसदिन सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी फण्डहरुले नगद लाभांश वितरण गर्न भोलि भदौ २६ गते बुधवार बुक क्लोज गर्दैछन् । सोही कारण आज भदौ २५ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।
सानिमा इक्विटी फण्डका इकाई धनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डका इकाई धनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फण्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्न लागेका हुन ।