काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्ड, सानिमा इक्वीटी फण्ड र सानिमा ग्रोथ फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
विवरणअनुसार कम्पनीका तीन ओटै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । सानिमा लार्ज क्याप फण्डको न्याभ चैत मसान्तमा ९ रुपैयाँ १८ पैसा रहेकोमा वैशाख मसान्तमा ८ रुपैयाँ ८७ पैसा कायम भएको छ । त्यस्तै सानिमा इक्वीटी फण्डको न्याभ चैत मसान्तमा १२ रुपैयाँ २५ पैसा रहेकोमा वैशाख मसान्तमा ११ रुपैयाँ ८६ पैसा कायम भएको हो ।
सानिमा ग्रोथ फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ८४ पैसा कायम भएको छ । चैत मसान्तमा भने यस फण्डको न्याभ ९ रुपैयाँ ९६ पैसा थियो । यस फण्डले वैशाख मसान्तसम्म रू. १ करोड १० लाख नोक्सानी व्यहोरेको छ । चैत मसान्तमा पनि फण्ड रू. २४ लाख ९३ हजार नोक्सानीमा थियो । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू. ६ लाख ४० हजार ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो ।
सूचीकृत शेयरमा लगानी भने यस फण्डले चैत महीनाको तुलनामा वैशाख महीनामा बढाएको छ । चैत मसान्तसम्म फण्डले सूचीकृत धितोपत्रमा रू. १२ करोड ७७ लाख लगानी गरेकोमा वैशाख मसान्तमा बढाएर रू. १५ करोड ६३ लाख पुगेको हो ।
त्यस्तै सानिमा इक्वीटी फण्डले वैशाख मसान्तसम्मा सूचीकृत शेयरमा रू. १ अर्ब २५ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तमा भने रू. १ अर्ब ३ करोड थियो । यसरी हेर्दा फण्डले सूचीकृत शेयरमा लगानी केही घटाएको छ । वैशाख मसान्तसम्म फण्ड रू. ४ करोड ४५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तमा भने फण्ड रू. ६३ लाख ९५ हजार नाफामा थियो । वैशाख महीनामा फण्डको कुल आम्दानी रू. १ करोड ८७ लाख ऋणात्मक रहेकाले नोक्सानीमा देखिएको हो ।
सानिमा लार्ज क्याप फण्डले वैशाख मसान्तसम्म सूचीकृत धितोपत्रमा रू. ६१ करोड ६५ लाख लगानी गरेको छ । चैत मसान्तमा भने फण्डले सूचीकृत शेयरमा रू. ६२ करोड ७८ लाख लगानी गरेको थियो । यो फण्ड पनि वैशाख मसान्तमा नोक्सानीमा रहेको छ । चैत मसान्तसम्म फण्डले रू. ३ करोड ४६ लाख नाफा कमाएकोमा वैशाख मसान्तमा भने रू. ४१ हजार नोक्सानीमा रहेको हो ।
सानिमा इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सानिमा ग्रोथ फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सानिमा लार्ज क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्