काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने फागुन २५ गते आज अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत्र ८ गते साधारणसभा बोलाएको छ । सो साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने भएकाले फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरि कुल ९.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।