काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘बिजनेस रिभ्यू मिटिङ’ चितवनमा सम्पन्न भएको छ । गत माघ २० गते सम्पन्न उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यनेजरहरू, शाखा प्रबन्धकहरूको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष केडियाले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनुपर्ने र नयाँ अभिकर्ताको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेले कम्पनीको प्रगति कर्मचारीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताए । कर्मचारीहरू ‘कम्फर्ट जोन’बाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले प्रतिस्पर्धात्मक बजारमा अग्रस्थानमा स्थापित गराउन मद्दत पुग्नेमा जोड दिए । साथै कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरू, शाखा तथा उप–शाखाका प्रबन्धकहरूलाई सम्मान गरिएको थियो ।