काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति पाएसँगै एकिकृत कारोबार शुरु गर्न लागेका हुन । दुवै कम्पनीको फागुन ११ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।
दुवै एक भएपछि अब सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । मर्ज पछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने का.म.पा वडा–१ नक्सालमा रहने कम्पनीले जानकारी दिएको छ । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स१००ः८० शेयर अनुपातमा मर्जमा जाने निर्णय गरेका हुन ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.