काठमाडौं । विशेष अदालतले शेयरको भित्री कारोबारबारे व्याख्या गरेको छ । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेषले उक्त व्याख्या गरेको हो ।
न्यौपानेले आफू अध्यक्ष रहेकै बेला कम्पनीको शेयरमा भित्री कारोबार गरेको ठहर गर्दै विशेषले गत चैत ६ गते न्यौपानेलाई दोषी ठहर गरेको थियो भने गत वैशाख २ गते न्यौपानेलाई १ वर्ष कैद सजाय र ३ करोड ९८ लाख २० हजार ५०४ रुपैयाँ जरिवाना तोकेको थियो ।
शेयरको भित्री कारोबार सम्बन्धमा यस्तो छ अदालतको व्याख्या