काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २५ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले काठमाडौंको बसुन्धारास्थित यती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टरमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष ०७५/७६ देखि ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषयसमेत टुङ्ग्याउनेछ ।
सभामा शत प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै कम्पनीको ठेगाना परिवर्तन गर्ने विषय पनि पेस गरिनेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६४ लाख रूपैयाँ छ ।
सोही पूँजीको आधारमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।