भदौ १३, काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ३६ करोड ३६ लाख नोक्सानीमा रहेको छ ।
अघिल्लो आवमा कम्पनी रू. १ करोड ८४ लाख नाफामा थियो । गत आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले नोक्सानीमा गएको हो । अघिल्लो कम्पनीको वित्तीय खर्च रू. १ करोड ६५ लाख रहेकोमा गत आवमा बढेर रू. ३५ करोड ९९ लाख पुगेको छ ।
कम्पनीको विद्युत् विक्री आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. ४ करोड ८ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. २४ करोड ८६ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४७ करोड रहेको छ ।
कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. २४ दशमलव ६३ ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू.७६ दशमलव ६१ रहेको छ ।