काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको एक पैसा पनि आफ्नो बैंक खातामा नआएको दाबी गरेका छन् । सहकारीको रकम अपचलनबारे आफूमाथि लागेका आरोपबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै लामिछानेले यस्तो बताएका हुन् ।
उनले सहकारीले आफ्नो नाम उल्लेख गरेको भौचरको आधारमा आफूलाई दोषी बनाइएको आरोप लगाए । उनले आफूमाथि लागेका आरोपबारे लामो समयअघिदेखि नै जवाफ दिन खोजे पनि नपाएको बताए ।
लामिछानेमाथि लगाइएका आरोपको छानबिनको हुनुपर्ने माग राखी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही दिनयता संसद अवरोध गर्दै आइरहेको थियो ।