काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २ लाख ३० हजार ८२ कित्ता र ङादी ग्रुप पावरको ८ लाख ३९ हजार ४८२ दशमलव २२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
ङादी ग्रुप पावरले फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।