काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेडले चार आर्थिक वर्ष (आव)को वार्षिक साधारण सभा साउन ११ गते गर्ने भएको छ । कम्पनीले २६औं, २७औं, २८औं र २९औं वार्षिक साधारण सभा अर्पण ब्याक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७, २०७७/७८, २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले आगामी कार्यकालको लागि सञ्चालकहरूको निर्वाचन गरी सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।