काठमाडौं । आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित सिड इनर्जी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ ।
असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि शुरु हुनेछ ।
उक्त सभामा कम्पनीको सार्वजनिक निष्कासन (आइपीओ)लाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८/ ८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा / नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने र सञ्चालक समितिले आव २०८०/८१ मा गरेका निर्णयहरू तथा कार्यहरूको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०८१०/८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ ।