काठमाडौं । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच विभिन्न सेवामा छूट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार काठमाडौंको बिजुलीबजारस्थित एलकेएस डेन्टलमा सेवा लिने सिद्धार्थ बैंकका ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्मको छूट पाउन सक्नेछन् ।
यस सम्झौताले ग्राहकलाई छूटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बताइएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल भुक्तानीमा प्रोत्साहन गर्न केही समयअघि ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको बताइएको छ ।