काठमाडौं । फोटोनको अत्याधुनिक पिकअप टुनल्यान्ड जी७ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’मा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गरियो ।
गत आइतवार भएको कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्तालगायतको सहभागिता थियो ।
कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले फोटोनसँग सहकार्य गर्ने निर्णय सफल भएको बताए ।
'हामीले फोटोनसँग सहकार्य गर्ने निर्णय गर्यौं र म गर्वका साथ भन्न सक्छु कि आज त्यो विश्वास सार्थक भएको छ,' उनले भने । उनका अनुसार पछिल्ला ५/६ वर्षमा नेपालमा १ हजार ५०० भन्दा बढी फोटोन सवारीसाधन विक्री भइसकेका छन्, जसमा ५०० भन्दा बढी पिकअप छन् ।
सिकारियाले विक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) र स्पेयर पार्ट्सको सन्दर्भमा पनि कम्पनीले कुनै कसर बाँकी नराखेको दाबी गरे । 'रोकथाम मेनटेनेन्सदेखि एक्सिडेन्टल मर्मतसम्म, जी७ को मर्मत खर्च बजारका अन्य विकल्पहरूभन्दा २० प्रतिशत कम छ,' उनले भने ।
यस गाडीले २३ दिनमै ८ ओटा अग्ला र कठिन भूभाग पार गर्ने विश्वकै पहिलो पिकअपको रूपमा कीर्तिमान राखेको कम्पनीको भनाइ छ ।