वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित सिद्धार्थ बैंकको शाखामा आगलागी भएको छ । सोमवार अपराह्न लागेको आगो वीरगञ्ज महानगर र प्रहरीको बारुणयन्त्रले साँझ नियन्त्रणमा लिएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले बताए ।