काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९३ औंैं शाखा पोखराको बिरौटामा सञ्चालनमा आएको छ । योसँगै गण्डकी प्रदेशमा बैंकका शाखा संख्या १४ पुगेका छन् ।
शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद््घाटन गरेका हुन् ।सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा सुविधा पुर्याउन पोखरामा थप शाखा सञ्चालनमा ल्याइएको बताए । शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक रिटेल बंैकिङ सेवाका साथै साना तथा कर्पोरेट व्यवसायी माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकको छ । नयाँ शाखा सञ्चालनको अवसरमा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ, डिम्याटजस्ता सेवा पहिलो वर्ष नि:शुुल्क प्राप्त गर्न सकिने र लकरको अनिवार्य मौज्दातमा २५ प्रतिशत तथा पहिलो वर्ष लकर शुुल्कमा ५० प्रतिशत छूट दिने बताइएको छ ।
यसैबीच बिरौटा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।