काठमाडौं । मंगलवार पाँच छुट्टाछुट्टै कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, राधी विद्युत् कम्पनी, लुम्बिनी विकास बैंक र बिन्ध्यबासिनी हाइड्रोपावरको शेयर मूल्य समायोजन गरेको हो ।
सिद्धार्थ बैंकको नेप्सेले १२ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. ३०१ दशमलव ३३ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३३९ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयर मूल्य रू. २८७ दशमलव ७७ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. २९६ दशमलव ४० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
नेप्सेले राधी विद्युत् कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. २११ दशमलव ९३ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. २२२ को आधारमा मूल्य समायोजन गरिएको हो ।
लुम्बिनी विकास बैंकको नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३३६ दशमलव ८९ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३४७ को आधारमा मूल्य समायोजन गरिएको हो ।
बिन्ध्यबासिनी हाइड्रोपावरको नेप्सेले ५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३६५ दशमलव ७१ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३८४ को आधारमा मूल्य समायोजन गरिएको हो । यी कम्पनीहरूले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।