काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले पुस मसान्तसम्ममा रू. १४ करोड ३८ लाख नाफा कमाएको छ । मंसिर मसान्तमा फण्डले रू. १५ करोड ८२ लाख नाफा कमाएको थियो । फण्डको नाफा मंसिरको तुलनामा पुसमा ९ प्रतिशत कमी आएको हो । पुस महीनामा फण्डको आम्दानीमा कमी आएकाले र खर्चमा वृद्धि भएकाले नाफा घटेको हो ।
फण्डको कुल खर्च मंसिर मसान्तमा रू. १ करोड ३० लाख रहेकोमा पुस मसान्तमा बढेर रू. १ करोड ५० लाख पुगेको छ । कुल आम्दानी पनि मंसिरमा रू.१७ करोड १३ लाख रहेकोमा पुस मसान्तमा घटेर रू. १५ करोड ८९ लाखमा सीमित भएको छ ।
नाफा घटेसँगै फण्डको न्याभ प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । मंसिर मसान्तमा न्याभ ११ रुपैयाँ ७० पैसा रहेकोमा पुस मसान्तमा ११ रुपैयाँ ५९ पैसामा झरेको छ ।
पुस मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ११ करोड लगानी गरेको छ । मंसिर मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब २० करोड लगानी गरेको थियो ।